बन्द हाम्रो संस्कृति कि बाध्यता ?

विहीबार, २० बैशाख २०७५, १७ : ५३
बन्द हाम्रो संस्कृति कि बाध्यता ?

चितवन । नेपालमा पहिलो पटक बलियो मानिएको ओली नेतृत्वको सरकारले सत्ता बागडोर समालेको छ । नेपालमा लामो समय देखि रहि आएको अस्थिरताको फाईदा उठाउदै राज्यको विभिन्न क्षेत्रमा विकृतिहरुले नराम्रोसगँ जरो गाडेको छ । यसकै एउटा गतिलो उदाहरण हो यतायातमा रहेको सिन्डिकेट । देशको अस्थिरताको लाभ लिदै देशमा सिन्डिकेट लादिएको थियो । तर यस पटक भने नेपालको ईतिहास मै बलियो सरकार बनेकाले सिन्डिकेटलाई पाखा लगाउनेमा नेपाली जनताहरु आशावादी रहेका छन् । यातयात व्यवसायीहरुले सरकारले सिन्डिकेट तोडेको भन्दै चरण बन्द रुपमा यातयात बन्दको आह्वान गरेका छन् । 
सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो ।
महासंघले भोलि सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी भोलि सडकमै भेटिने भएकाले आजैबाट गाडी रोकिएको हो ।
‘आज ढिला छुट्ने बस राति नै गन्तब्यमा पुग्दैनन् । त्यसो हुँदा भोलिको बन्द प्रभावकारी हुँदैन । त्यसैले आज मध्यान्हपछि समितिहरुका बस छुट्दैनन्,’ उनले भने,’नाइट बसहरु चल्दैनन् ।’
नयाँबसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिकाअनुसार विहान १ सय २० वटा बस विभिन्न लामो गन्तब्यका लागि छुटेका छन् । लोत्सेका व्यवस्थापक पंकज मल्लले केही मितिहरुले काउन्टर बन्द गरेको र केही बन्द गर्ने तयारीमा रहेको लागेको जानकारी दिए ।
मल्लले आफूहरुले समितिहरुलाई सेवा सुचारु राख्न अनुरोध गरिरहेको जानकारी दिए । ‘बस एकातिर छ । ड्राइभर एकातर्फ छन् । काउन्टर बन्द भएका छन्,’ उनले भने,’भोलिको बन्दका लागि आजैबाट बाहिर जाने बस रोकिएका छन् ।’

प्रतिक्रिया दिनुहोस