लिबिया आक्रमणको जिम्मेवारी लियो इस्लामिक स्टेट्सले

विहीबार, २० बैशाख २०७५, १५ : ५६
लिबिया आक्रमणको जिम्मेवारी लियो इस्लामिक स्टेट्सले

तस्बिर : सिन्ह्वा/रासस

त्रिपोली । लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ । यस आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले  जानकारी दिएका छन् । राजधानी त्रिपोलीमा रहेको सो कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीले जानकारी दिएका छन् ।

लिबियाको स्वास्थ्य मन्त्रालयले बुधबार नै १५ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको थियो । आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बुधबार बिहान भएको यस आक्रमणको स्लामिक स्टेट्स् (आइएस)का लडाकूले गरेका सरकारी अधिकारीले यसअधि नै दावी गरेका थिए । संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिबियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ । (रासस/एएफपी/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस