महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा

विहीबार, २० बैशाख २०७५, १० : १०
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा

दाङ । तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले मेडिकल सञ्चालक विनोद धौलाकोटी र उनको उपचारमा संलग्न डाक्टर प्रकाश नेपालीलाई नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो सो मेडिकलमा उपचारका लागि हिँडेर आएकी कुमालले भनेको लक्षणका आधारमा डा प्रकाश नेपालीले विरामीलाई ट्राइकेन एमपिएस झोल औषधि र पेन्टाप्राजोल सुई दिएका थिए । सो औषधि चलाएलगत्तै कुमालको अवस्था गम्भीर भएपछि सो मेडिकलले उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याएको थियो । त्यहाँ पु¥याएलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

पीडित पक्षले घटनाको छानबिन र दोषीलाई कारबाही नगर्दासम्म शव नबुभm्ने बताएका छन् । यसैबीच, घटनाको सत्यतथ्य बारेमा शव परीक्षणको रिपोर्ट आएपछि यकिन हुने र आज इलाका प्रहरी कार्यालय, तुलसीपुरमा पीडित पीडकपक्षबीच छलफलहुने बताइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस