कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, ०८ : २४
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

यस्तै दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भाना पनि महाशाखाले औल्याएको छ ।  बाँकी प्रदेशका एक दुई स्थानहरूमा पनि मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो जस्तै केही स्थानमा वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस