सुरु हुदैँ दीपकको ‘क्राइम पेट्रोल’

सफल खबर संवाददाता

शनिबार, २४ पुस २०७८, १२ : ०९
सुरु हुदैँ दीपकको ‘क्राइम पेट्रोल’

काठमाडौँ । कलाकार दीपक राज गिरीले होष्ट गर्ने टिभी सिरिज ‘क्राइम पेट्रोल’ को प्रिमियर गरिएको छ । शुक्रबार राजधानीको बिग मूभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमिएर गरिएको छ । 

टेलिभिजनबाट प्रसारण गर्नु पुर्व सिरिजको प्रचार प्रसार गर्ने उदेश्यले निर्माण युनिटले यसको प्रिमिएर गरेको हो । सिरिज विशाल सापकोटाले निर्देशन गरेका हुन् । सिरिज आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीबाट प्रसारणमा आउन लागेको हो ।

कार्यक्रममा कलाकार दीपकले सिरिजको होष्ट आफ्नो सिक्ने प्रयास रहेको बताए । उनले भने ‘खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्छ । म खोलमात्र हुँ । आउचाउ सिरिज हो ।’ टेलिभिजनका प्रबन्ध निर्देशक र रवि लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने क्रममा सिरिज ल्याउन लागेको बताए ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले ‘क्राइम पेट्रोल’ मा लेखनको अलवा क्रिएटिभ प्रोडुसरको जिम्मेवारी समेत निर्वाह गरेकी छन् ।
 

प्रतिक्रिया दिनुहोस