खोटाङ । घर नजिकै थुपारेर राखेको खरमा आलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगोलागी हुँदा जन्तेढुंगा गाउँपालिका(४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।
खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगोलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।
घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…
बाराका एक युवकले आफ्नै शरीरमा आगो लगाए
गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा