जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्यो : मुख्यमन्त्री पौडेल

बुधबार, १९ बैशाख २०७५, १९ : ०३
जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्यो : मुख्यमन्त्री पौडेल

भक्तपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्दै गएकाले सजग हुनुपर्ने बेला आएको बताउनुभएको छ । आज मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा पुगेर मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले बढ्दो सुरक्षा चुनौतीप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

गत वैशाख ८ गते शनिबार श्रेष्ठमाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारी अहिलेसम्म पक्राउ नपरेकामा समेत उहाँले चासो व्यक्त दिनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो, “आक्रमण भएको ११ दिन बितिसक्दा पनि किन आक्रमणकारी पक्राउ परेनन् । म बुझ्ने छु र तत्काल आक्रमणकारीलाई पक्राउ गर्न निर्देशन दिनेछु ।”
श्रेष्ठमाथि आक्रमण भएको सिसी क्यामरामा कैद भएको दृश्य हेर्दै उहाँले जनप्रतिनिधिमाथि सुरक्षा चुनौती थपिँदै गएकाले चुस्त सुरक्षा व्यवस्था गर्नुपर्ने बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस