सेयर बजारमा हरियाली

बुधबार, १९ बैशाख २०७५, १६ : ५६
सेयर बजारमा हरियाली

काठमाडौं । सेयर बजारमा बुधबार भने हरियाली छाएको छ । लगातार पाँच दिन घटेको बजारमा आज ११.३७ अंकले बृद्धि भएको छ ।
कारोबारमा आएका १५८ कम्पनीको ३८ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  आज फाइनान्स र उत्पादन तथा प्रशोधन तर्फको बाहेक अरु समुहमा हरियाली छाएको छ । सबैभन्दा बढी बिमा समुह १०७.०१ अंकले बढेको छ भने माइक्रो फाइनान्स ४६.३६ अंकले बढेको छ ।  

यता जलविद्युत तर्फ २६.४६ अंकले बढेको छ । आज कारोबार बन्द हुने अन्तिम समयमा आएर बजार बढेको हो ।
यस दिन सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तिय संस्थाको २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेशनल लाइफ इन्सुरेन्स १ करोड ४८ लाख र तेस्रोमा नेपाल बैंक १ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस