मृत व्यक्ति फेला

बुधबार, १९ बैशाख २०७५, १६ : ५३
मृत व्यक्ति फेला

राजविराज । सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नाम, थर खुल्न नसकेका करीब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस