काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।
भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।
उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं : रेशम चौधरी
पार्टी अध्यक्षताको मान्यता पाउन रेशम चौधरी सर्वोच्चमा
आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय
पार्टीको अध्यक्ष म हुँ, रञ्जिताजी निवर्तमान अध्यक्ष हुनुहुन्छः रेशम चौधरी
प्रधानमन्त्रीलाई भेटेर रेशमले भने– गठबन्धनलाई समर्थन गर्ने–नगर्नेबारे केन्द्रीय समितिबाट निर्णय लिन्छौँ