कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, ०७ : ४७
कस्तो रहला आजको मौसम ?

काठमाडौं । सोमबारदेखि देशभरको मौसममा सुधार आएको छ । हाल देशमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । तर उपत्यका र तराईका भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति पनि त्यस्तै रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस