सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, ११ : ३७
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएकोमा आज सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस