एजेन्सी । नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन् ।
नयाँ वर्ष मनाउ गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलो पटक ‘भिड’ बढेकोे रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ । यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो ।
सन् २०२२ को पहिलो दिन १० अन्तरिक्षयात्रीले पृथ्वीको कक्ष घुमेका थिए । सात जनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र तीन जनाले चीनको तियांगोंग अन्तरिक्ष स्टेसनमा घुमेका थिए ।,’ रुसी अन्तरिक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ ।‘नयाँ वर्षको अवसरमा यो अन्तरिक्ष अनुसन्धानको इतिहासमा नै अहिलेसम्मकै ठूलो जमघट हो,’ सो निकायले अगाडि भनेको छ ।
रोसकसमोसका अनुसार पछिल्लो २१ वर्षमा ३ जना अन्तरिक्षयात्रीले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन ९आइएसएस० मा नयाँ वर्षको ‘इभ’ मनाएका छन् । रसियाली अन्तरिक्ष यात्री एन्टोन साकापलेरोभले सन् २०१२, सन् २०१५, सन् २०१८ र सन् २०२२ गरी चार पटकसम्म नयाँ वर्षमा अन्तरिक्षमा मनाएका छन् । यसअघि पनि बिदा मनाउन वैज्ञानिकहरु अन्तरिक्षमा पुग्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ पुस २०७८, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेसएक्सले अन्तरिक्षमा पठायो २० इन्टरनेट स्याटेलाइट