श्रीलङ्काली मन्त्रीमण्डलमा नयाँ अनुहार नियुक्त

बुधबार, १९ बैशाख २०७५, ०९ : ५२
श्रीलङ्काली मन्त्रीमण्डलमा नयाँ अनुहार नियुक्त

श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले मङ्गलबार मन्त्रीमण्डलमा केही रिक्त पदमा नयाँ सदस्यलाई जिम्मेवारी तोक्नुभएको छ । श्रीलङ्काको गठबन्धन सरकारका दुई मुख्य दल सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र प्रधानमन्त्री रनिल विक्रेमासिङ्गेको यूनाइटेड नेशनल पार्टी (यूएनपी) बीच महिनौँ लामो विवादपछि राष्ट्रपतिले सरकारमा नेतृत्व गर्ने मन्त्रीहरूलाई परिवर्तन गर्नुभएको हो ।

सरकारमा भएको प्रमुख परिवर्तनमा यूएनपी सांसद तथा गत वर्षको अगस्तमा पदबाट हटाइएका पूर्व न्यायमन्त्री विजेदासा राजापाक्षलाई उच्च शिक्षा तथा संस्कृतिमन्त्री बनाइएको छ । सांसद फैजर मुस्ताफालाई खेलकूद मन्त्री बनाइएको छ ।
त्यसैगरी एसएलएफपीका विधायक डुमिन्दा दासानायकेलाई विपद् व्यपस्थापन मन्त्री, यूएनएफका सांसद फिल्ड मार्शल साराह फोनसेकालाई द्वीगो विकास, वन्यजन्तु तथा क्षेत्रीय विकासमन्त्री तोकिएको छ ।

एसएलएफपीको तर्फबाट गत महिना विभिन्न छ जना मन्त्रीहरूले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेपछि राजीनामा आएको र रिक्त पदलाई पूरा गर्न मङ्गलबारको परिवर्तन भएको बताइएको छ । उहाँहरूले राष्ट्रपतिको सचिवालयमा मङ्गलबार नै एक कार्यक्रमकाबीच पद तथा गोपनियताको सपथ लिनुभएको छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस