राष्ट्रसंघ प्रतिनिधिद्धारा रोहिंज्या समस्याबारे छानवीन गर्न म्यानमारलाई आग्रह

बुधबार, १९ बैशाख २०७५, ०८ : ३२
राष्ट्रसंघ प्रतिनिधिद्धारा रोहिंज्या समस्याबारे छानवीन गर्न म्यानमारलाई आग्रह

म्यान्मार । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंज्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।
उक्त राज्यमा रोहिंज्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि सरकारी सेनाबाट स्थितिलाई नियन्त्रणमा लिने शिलशिलामा उक्त समुदायका लाखौँ नागरिक विस्थापित हुनेगरी बलको प्रयोग भएको भन्ने आरोपबारे छानवीन गरी सत्यतथ्य पत्ता लगाउन उचित अनुसन्धानको आवश्यकता देखिएको राष्ट्रसंघीय टोलीले सुझाब दिएको हो ।

राष्ट्रसंघका प्रतिनिधिहरू म्यानमारको द्वन्द्व प्रभावित क्षेत्रमा पुगी निरीक्षण गरेपछि सङ्कलन गरेको प्रतिवेदनका आधारमा रोहिंज्याबारे छानवीन शुरूगर्न आग्रह गरेको हो । राष्ट्रसङ्को तथ्याङ्क अनुसार करिब सात लाख रोहिंज्या शरणार्थीका रूपमा बङ्गलादेश लगायत विभिन्न छिमेकी मुलुकमा शरण लिई बस्दै आएका छन् । शरणार्थीमध्ये अधिकांश नागरिक बङ्गलादेशका विभिन्न शिविरमा बस्दै आएका छन् ।

शरणार्थीप्रतिको जिम्मेवारीवोधको प्रत्याभूत गर्न उचित अनुसन्धान आवश्यक छ, राष्ट्रसंघका लागि बेलायती राजदूत करेन पियर्सले भन्नुभयो । राष्ट्रसंघले शरणार्थीको अवस्थाबारे अध्ययन गर्न विभिन्न समूहलाई हालै म्यानमार र बङ्गलादेश पठाएको छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस