-यापर ‘लाउरे’सहित ४ जनालाई ८ दिनको म्याद थप

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १९ : ३९
-यापर ‘लाउरे’सहित ४ जनालाई ८ दिनको म्याद थप

काठमाडौँ । लागूऔषध सहित पोखराबाट पक्राउ परेका चर्चित ¥यापर आशिष राना मगर ‘लाउरे’ सहित ४ जनालाई थप अनुसन्धानका लागि प्रहरीले ८ दिन म्याद थपेको छ ।

चर्चित -यापर ‘लाउरे’ सहित चार जनालाई बुधबार साँझ पोखरा जाल्पारोडस्थित महानगरपालिका कार्यलयको पछाडी पट्टी अवैध लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएकोमा अनुसन्धानका लागि कास्की जिल्ला अदातलबाट ८ दिनको म्याद थप गरिएको प्रहरी जनाएको छ । 

लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले ¥यापर आशिष राना मगर ‘लाउरे’, नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापालाइ पक्राउ गरेको जनाएको छ ।  युवती स्याङजा भिरकोट ७ घर भई पोखरा १५ बस्ने २२ वर्षिया सुस्मिता गुरुङ हुन् । यस्तै, लागूऔषध कारोबारी पोखरा २१ घर भई हाल छोरेपाटन बस्ने ३९ वर्षिय ध्रुबहादुर थापा र पोखरा ७ का ३० वर्षिय बिक्कि भनिने नवीन गुरुङ रहेका छन । 

उनीहरुबाट प्रहरीले १३.०१ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, ३८ हजार ३५० रुपैयाँ नगद, मोबाईल सेट ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत प्रहरीे बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस