नबीनराज पौडेलको उद्घोषण ज्ञान हाते पुस्तिका बिमोचन

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १६ : १६
नबीनराज पौडेलको उद्घोषण ज्ञान हाते पुस्तिका बिमोचन

चितवन । नेपाली  कांग्रेस जिल्ला सदस्य युबा नेता नबीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका बिमोचन गरिएको छ। ४५औं बिपिको मेलमिलाप दिबसको अबसरमा पुस्तक बिमोचन गरिएको   हो ।

नेपाली  कांग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा  प्रमुख अतिथि कांग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरूङ र राज्यमन्त्री केन्द्रिय सदस्य उमेश श्रेष्ठ , केन्द्रिय सदस्य अन्जनी श्रेष्ठ  ,दिनेश कोईराला र शान्ति परियारले  संयुक्त रूपमा पुस्तक बिमोचन गरेका थिए। 

पुस्तक कांग्रेसका  सबै तहका सचिबहरूको लागि बहुउपयोगी हुने सबै प्रमुख बक्ताहरूको भनाई रहेको थियो। गोजिमा राखेर हिड्न र चाहेको बेला सजिलै पढ्न सकिने गरि उद्घोषणको सामान्य ज्ञान होस् भनेर पुस्तक प्रकाशन गरिएको प्रकाशक एबं लेखक नबीनराज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस