काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला रु ९१ हजार ६०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ पुस २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलाको १ लाख ६१ हजार
हेटौँडाबाट ८ किलो सुनसहित २ जना पक्राउ
सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
सुनको मुल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन ३ हजार रुपैयाँ बढ्यो