एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा

सफल खबर संवाददाता

विहीबार, १५ पुस २०७८, २० : ३९
एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा


काठमाडौँ । कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो प्रस्ताव पठाएको हो । चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्ट्रनसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । 

यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कुटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन ।
‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्रीले भने,‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं, समितिमा छलफलभएपछि चाँडै टुंगो लाग्छ ।’

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्र्तराष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्ट्रन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो । 
कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थीहरु अध्ययन पूराका सोही देशबाट अनुमति पाएका छैनन् । यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस