माओवादी स्थायी समितिको बैठक सकियो, यी विषयमा भयो छलफल

सफल खबर संवाददाता

विहीबार, १५ पुस २०७८, १९ : २४
माओवादी स्थायी समितिको बैठक सकियो, यी विषयमा भयो छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । 

जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो । बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो । 

समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छु एक स्थायी समिति सदस्यले भने । समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ । नेता वर्षमान पुन नेतृत्वको केन्द्रीय सदस्यमा समूहगत प्रतिनिधित्व गराउने बारे अध्ययन गर्न गठित समूहको सुझावबारे भोलि छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस