पक्राउ परेका र्‍यापर 'लाउरे'बारे प्रहरी भन्छ- उनी दाेषी देखिए

सफल खबर संवाददाता

विहीबार, १५ पुस २०७८, १३ : १५
पक्राउ परेका र्‍यापर 'लाउरे'बारे प्रहरी भन्छ- उनी दाेषी देखिए

पोखरा । चर्चित र्‍यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहित पोखराबाट पक्राउ परेका छन् । न्युरोडस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो । ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

लाउरेसँगै चारजना पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनीहरूको साथबाट ब्राउन सुगर र अन्य लागुऔषध बरामद भएको बताइएको छ ।

लाउरे युवा पुस्तामाझ लोकप्रिय छन् । ‘प्रहरी खटिएको थियो । सेवनको प्रयोजनका लागि कारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, ‘त्यही सूचनाका आधारमा पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ, प्रारम्भिक रूपमा उनी दोषी देखिए ।’

लाउरेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । बिहीबार अदालत बन्द भएकोले मुद्दा अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । शुक्रबार लागुऔषध मुद्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस