काठमाडौँ । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
चितवन घर भएका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । नवनियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादी पार्टी निकटका हुन् ।
आयोगको सदस्यमा क्रमशः मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन् । उनीहरू दुवैलाई मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त गरेको हो । नेपाल कांग्रेस निकट हुनु भने लामिछाने नेकपा (माओवादी केन्द्र) निकट छन् । लामिछाने संविधानसभा सदस्यसमेत हुन् ।
आयोगको अध्यक्षमा भने मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ । आयोगमा अध्यक्ष र उपाध्यक्षसहित चार जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था रहेको छ । सरकारले हाल उपाध्यक्षसहित दुई सदस्य मात्रै नियुक्त गरेको छ ।
अन्य सदस्य समावेशीता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ पुस २०७८, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा