एजेन्सी । बेलायतमा ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांकमा एकै दिन १ लाख २२ हजार १ सय ८६ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । अहिले समग्र युरोप कोभिडबाट प्रभावित छ ।
बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् ।
नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ९० भन्दाबढी देशहरुमा फैलिएको छ । नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १३ पुस २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु