नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्ब ४६ करोड

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १६ : ३९
नेप्सेमा दोहोरो अंकको गिरावट,  कारोबार रकम २ अर्ब ४६ करोड

काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो ।

दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकमा गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन ।

दिनभर भएका ३७ हजार ३ सय ६७ कारोबारबाट २३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँमा रोकिएको छ । बजार घटेपनि गुहेश्वरी फाइनान्स, हिमालय डिस्टीलरी, कृषि विकास बैंक लिमिटेड लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।

प्रतिक्रिया दिनुहोस