एमालेको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १३ : ३३
एमालेको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित

file-photo

काठमाडौं । नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् । नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस