काबुल हमलामा मारिनेमा पाँचजना पत्रकार

सोमबार, १७ बैशाख २०७५, १६ : ५२
काबुल हमलामा मारिनेमा पाँचजना पत्रकार

काबुल । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा पाँचजना पत्रकार परेका छन् । उक्त हमलामा परी मारिनेको संख्या २५ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ ।

मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी पाँचजना पत्रकारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो जानकारीअनुसार सोमबार बिहान दुई वटा आत्मघाती विस्फोट भएका थिए । ती विस्फोटमा परी पाँचजना पत्रकार मारिएका छन् । उनीहरुको पहिचान खुलेको छैन । तर एकजना भने फोटो पत्रकार रहेका छन् । सोमबार बिहानको उक्त आत्मघाती विस्फोट कसले र किन गराएको भन्ने बारेमा अझै खुलेको छैन ।

अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन । मारिनेमा के कतिजना सर्वसाधारण र कतिजना अफगानिस्तानको अर्धसैन्य बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस