एजेन्सी । भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ।
स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो। बदलामा बाँदरले २५० कुकुरको ज्यान लिएको भारतीय मिडियामा खबर छ। बाँदरले लिएको बदला देखेर आफूहरु हैरान बनेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार केही हप्ताअघि केही कुकुरले बाँदरको बच्चालाई लखेटी लखेटी मारेका थिए। कुकुरले आफ्नो बच्चा मारेको बदला लिन बाँदरहरुको एक समूह बन्यो र सो समूहले आफ्नो क्षेत्रभित्र रहेका करिब २५० कुकुरको ज्यान लिएको हो।
हालः गाउँमा कुनै पनि कुकुर बाँकी नरहेको स्थानीयले बताएका छन्। बाँदरले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ पुस २०७८, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरमा पहिलाे पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला
बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग
पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने
बाँदरले दुःख दिएको भन्दै त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय
बाँदर नियन्त्रणका लागि भन्दै वडाध्यक्षले जारी गरे रुख काट्ने उर्दी