काठमाडौं । महालक्ष्मी विकास बैंकले २५ पुसमा साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डासहित आर्मी अफिसर्स, भद्रकाली काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको हो ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।
यस्तै, बैंककले अन्य कुनै वित्तीय संस्थामा गाभ्न-गाँभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन् ।
सभा प्रयोजनार्थ बैंकले १३ पुसमा बुक क्लोज गर्नेछ । यसअनुसार, १३ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण