कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, ०८ : २४
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम २।६ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम  माइनस ५।३ डिग्री सेल्सियस रहेको छ ।

आइतबार देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा  मौसम सामान्यतया सफा रहनेछ। सोमबार सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिक रही  बाँकी भू(भागमा  मौसम सामान्यतया सफा रहनेछ ।  

मंगलबार भने  प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू(भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस