काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । महामन्त्री पदको अन्तिम परिणाम आएलगत्तै अहिले तीन सहमहामन्त्री पदको मतगणना सुरू भएको छ । निर्वाचन समितिका अनुसार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केही बेरअघिदेखि गणना थालिएको हो । प्रारम्भिक मतपरिणाम अहिलेसम्म सार्वजनिक भएको छैन ।
८ जना सहमहामन्त्री निर्वाचित हुनेमा दुई चरणमा मतगणना गर्न लागिएको छ । जसमध्ये पहिलो चरणमा महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको हो । यसअघि कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार थापाले ३०२३ मत पाएका छन् भने शर्माले १९८४ मत ल्याएका छन् ।
पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्यका लागि सोमबार मतदान भएको थियो । भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा भएको मतदानको मतपेटिका (पानी ट्यांकी) सोही दिन राती पार्टी कार्यालय सानेपामा लगेर राखिएको थियो । अहिले त्यहिँ मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौँ : काँग्रेस