संसद बैठक सुरू हुनेबित्तिकै एमालेले गर्यो अवरोध

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १४ : १५
संसद बैठक सुरू हुनेबित्तिकै एमालेले गर्यो अवरोध

काठमाडौं । संघीय संसदको आज सुरू भएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गर्नेबित्तिकै प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरू उठेर नाराबाजी सुरू गरे।

बैठक सुरू हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख सापकोटाले जनप्रतिनिधि थलोलाई अवरोध नगरी सिर्जनात्मक बहसमा सहभागी हुन एमाले सांसदलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस