जनताबैंकद्धारा नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण

आइतबार, १६ बैशाख २०७५, १८ : ४३
जनताबैंकद्धारा नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण

काठमाडौं । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्ययाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख श्री कल्याण पाण्डेले एसोशिएसनका अध्यक्ष श्री रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरे ।स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने बैंकको नीति रहेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस