छुट्टै मधेश राष्ट्रको माग गर्दै अभियान चलाएका सप्तरीका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। राउतलाई जनकपुरको माछाबजारस्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लाहानको आग्रहमा राउतलाई पक्राउ गरी लहान पठाइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। लहानमा राज्य विरूद्धको संगठित अपराध मुद्दा दर्ता भएपछि सिराहा र धनुषाको प्रहरीको संयुक्त टोलीले राउतलाई पक्राउ गरेको हो ।
स्वतन्त्र मधेश अभियानु का नाममा विभिन्न कार्यक्रम संचालन गरेपछि उनीमाथि राज्य विरुद्धको संगठित अपराध दर्ता गरेको लहान प्रहरीले जनाएको छ । यसअघि पनि उनलाई पक्राउ गरी छोडेको थियो।
प्रतिक्रिया दिनुहोस