नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन

काँग्रेसभित्र पूर्व राजा र हिन्दु राज्यको एजेण्डा स्थापित गराउन भारतीय संस्थापन पक्षको किन बढ्यो चलखेल ?

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १० : ३५
काँग्रेसभित्र पूर्व राजा र हिन्दु राज्यको एजेण्डा स्थापित गराउन भारतीय संस्थापन पक्षको किन बढ्यो चलखेल ?

काठमाडौं । सत्तारुढ नेपाली काँगेसको १४ औं महाधिवेशन शुरु भएको छ । काँग्रेसको यो महाधिवेशन पनि चितवनको कुम्भ मेला भन्दा फरक नहुने अवस्था देखिएको छ । को नेता बन्ने, को नबन्ने तथा कसले जिम्मा पाउने वा नपाउने भन्ने बारेमा कुनै ठेगान छैन । संस्थापन पक्षबाट शेरबहादुर देउवा नै पार्टी सभापति हुने निश्चितप्राय नै छ । तर विपक्षी समूहमा भने मारामारको अवस्था छ ।

रामचन्द्र पौडेललाई सभापति नभई भएको छैन । शेखर कोइराला, विमलेन्द्र विधि, कृष्णप्रसाद सिटौला, सशांक कोइरालाहरु नि सभापतिको दौडमा छन् । महामन्त्रीको दौडमा लाग्नेहरु पनि उत्तिकै छन् । डेड दर्जन बढीले महामन्त्रीको दौडमा लागेका छन् ।  लाग्छ, सबै नेता मात्रै बन्न खोज्ने तर केन्द्रीय सदस्य वा कार्यकर्ता भने बन्न नखोज्न प्रवृत्ति हावी भएको छ ।

काँग्रेसको यो भेलालाई लिएर शक्तिकेन्द्र र विदेशी चासो पनि उत्तिकै बढेको छ । भारतीय संस्थापन पक्ष विशेष गरी भाजपाले हिन्दु राज्य र पूर्व राजाको पक्षमा वकालत गर्नेलाई नै नेतृत्वमा ल्याउन विशेष रुपमा चलखेल गरेको तथ्य स्पष्टै भएको छ ।

काँग्रेसमा पूर्व राजाको पक्षमा वकालत गर्ने समूह सुसुप्त अवस्थामा रहेको भएपनि पछिल्ला दिनमा भारतीय आड भरोसमा उठ्न खोजेको छ । विपी पुत्र पनि भएको सशांक मार्फत सो एजेण्डा अगाडि सार्दा सफल भइने भारतीय बुझाई छ । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आँट गरेरै देशलाई गणतन्त्रमा लगेका थिए । त्यसलाई उल्टयाउन सकिन्छ कि भन्ने ध्येयका साथ केही काँग्रेसीलाई उचाल्ने दुस्साहस गरिएको छ ।

विशेष गरी भारतीय खुफिया एजेन्सी रअका मानिसहरु यतिबेला सशांक कोइरालालाई जसरी भएपनि फकाएर हिन्दु राज्यको एजेण्डालाई अगाडि बढाउन चाहेको श्रोतको दाबी छ । उनीहरुको कसरत पनि सोही दिशामा केन्द्रीत रहेको छ । पूर्व राजावादीहरुको पार्टी राप्रपामा पनि कट्टर हिन्दुवादी नेता राजेन्द्र लिङ्देनलाई ल्याइएको छ । 

एमाले अध्यक्षमा पुनः ओली नै आएका छन् ।  खासमा दक्षिणपन्थी, पूर्व राजावादी शक्तिको नेताका रुपमा ओलीलाई स्थापित गराउन खोजिएको छ । परिवर्तनका सबै एजेण्डा खारेज गराउने ध्येयका साथ भारतको खुफिया एजेन्सी र संस्थापन पक्ष लागिपरेको र यही सन्दर्भमा उनीहरुले काँग्रेसभित्र पनि खेल्न खोजेको श्रोतको दाबी छ ।

काँग्रेसमा पूर्व राजाको पक्षमा वकालत गर्ने समूह सुसुप्त अवस्थामा रहेको भएपनि पछिल्ला दिनमा भारतीय आड भरोसमा उठ्न खोजेको छ । विपी पुत्र पनि भएको सशांक मार्फत सो एजेण्डा अगाडि सार्दा सफल भइने भारतीय बुझाई छ । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आँट गरेरै देशलाई गणतन्त्रमा लगेका थिए । त्यसलाई उल्टयाउन सकिन्छ कि भन्ने ध्येयका साथ केही काँग्रेसीलाई उचाल्ने दुस्साहस गरिएको छ ।

यो दुस्साहस सफल हुन्छ कि हुँदैन त्यो भने आगामी दिनमा नै स्पष्ट हुन्छ । तर, समावेशी, समानुपातिक विशेषतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा जानेलाई नेपाली जनताले पुनः साइड लगाइदिने निश्चितप्राय नै छ । नेपाली जनताले रगत पसिना बगाएर स्थापित गरेको व्यवस्थालाई असफल बनाउने छुट कोही कसैलाई पनि छैन । 

माओवादी कमजोर भएको वा फुटेर विभिन्न टुक्रामा विभक्त भएको फाइदा उठाएर केही शक्तिकेन्द्रले फाइदा उठाउन खोजे त्यो उनीहरुकै विरुद्ध हुनेछ । देशभक्तीको लडाईमा नेपालाी जनताले कहिल्यै पनि हारेको इतिहास छैन । नेपाली जनता देशका लागि ज्यान दिन पनि पछि पर्दैनन् । त्यसकारण काँग्रेसको आडमा पुनः राजसंस्था फिर्ता ल्याउन सकिन्छ र देशलाई हिन्दु राज्य बनाउन सकिन्छ भन्ने भ्रम कोही कसैले पालेको भए, त्यो केवल दिवास्वप्न मात्रै हुनेछ । 

जानकारहरुका अनुसार ओलीलाई नेता बनाएर उनैको वरीपरी सबै दक्षिणपन्थी एवम् सामान्तवादी शत्तिको गठजोड गराउने प्रयास शुरु भएको छ । त्यसलाई खारेज गराउन पनि तत्काल वामपन्थी तथा अग्रगमनकारी शक्तिकोबीचमा साझा सहकार्य र मोर्चा बनाउनु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस