सशांक कोइराला फेरि रेसमा, देउवाविरुद्ध उठाउन संस्थापनइतर समूहमा छलफल

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १९ : ४१
सशांक कोइराला फेरि रेसमा, देउवाविरुद्ध उठाउन संस्थापनइतर समूहमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको सभापतिबाट वाकओभर दिइसकेका महामन्त्री सशांक कोइराला फेरि रेसमा आउन सक्ने देखिएको छ ।

संस्थापन पक्षका उम्मेदवार बनेका शेरबहादुर देउवालाई हराउन सक्ने एकमात्र नेता सशांक भएको भन्दै केही केन्द्रीय सदस्यले सशांक कोइराला फेरि रेसमा ल्याउन पहल गरेका छन् । सशांक पनि फेरि रेसमा फर्किन सक्ने संकेत दिएका छन् । संस्थापनइतर समूहबाट सशांकलाई साझा उम्मेदवार बनाउन केही केन्द्रीय सदस्यहरुले फेरि पहल सुरु गरेका छन् ।

आफ्नै निवासमा युवा नेताहरुसँग शशांकले आफू सहमतिको बाधक नभएपनि आफ्नो दावेदारी कायम रहेको बताए । यसअघि शशांकले रामचन्द्र पौडेलको आग्रहमा सहमतिका लागि दावी छोडेको बताएका थिए । अहिले पनि सहमति जुटाउन कांग्रेसका नेताहरु विभित्र स्थानमा फरक फरक ढंगले छलफलमा छन् ।

२४ गतेबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसमा संस्थापनइतर पक्षलाई सभापतिको साझा उम्मेदवार टुंगो लगाउन सेकेको छैन । नेता कार्यकर्ताहरुले दबाब दिए पनि सहमति जुट्ने सम्भावना भने कम हुँदै गएको छ । नेता वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस