चीन पत्रकारका लागि विश्वकै खराब देश

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, १३ : १४
चीन पत्रकारका लागि विश्वकै खराब देश

एजेन्सी । चीन सञ्चारकर्मीका लागि संसारकै सवैभन्दा डरलाग्दो देश साबित भएको छ । रिपोर्टस वीदाउट बोर्डरस (आरएसएफ) ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरुका लागि खराब देश साबित देखाएको हो ।

चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ । वुहानमा कोभिड १९ संकटबारे समाचार तयार गर्ने कम्तिमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरुलाई कैद गरेको थियो । 

अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार  रहेको प्रतिवेदनमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस