काठमाडौं । सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशहरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किएका छन् । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आइतबार १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ । न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमा नौ मुद्दामा फैसला र एक मुद्दामा आदेश भएको छ । अन्य इजलासमा पनि त्यस्तै प्रभावकारी सुनुवाइ भएको देखिएको छ ।
आइतबार २३ मुद्दामा फैसला र ४० मुद्दामा फैसला भएको छ । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । शुक्रबार पनि मुद्दामा राम्रो सुनुवाइ भएको थियो ।
सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्र्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए । बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान