राजनीति

रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीबाट मत खसाले

विहीबार, २१ मंसिर २०७४, ०९ : ०६
रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीबाट मत खसाले

 

काठमाडौं । विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीबाट मतदान गरेका छन्। मत खसाल्न उनी बिहान ७ बजे नै रत्नज्योति महिला परिवार भवनस्थित मतदान केन्द्र पुगेका थिए।

आफू उम्मेदवार रहेको क्षेत्र काठमाडौं १ मा बसोबास नरहेका कारण उनले आफूलाई मतदान गर्न भने पाएनन्। काठमाडौं क्षेत्र नं। १ बाट उम्मेदवार रहेका मिश्रले ललितपुर क्षेत्र नं। ३ बाट मतदान गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस