काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिए ।
भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।
भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल– थाइल्याण्डबीच पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप सुदृढ बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
हवाई उडानमा नयाँ रेकर्ड : त्रिभुवन विमानस्थलबाट एकै दिन साढे पाँच सय उडान
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा