युवाहरुको सकृयातामा भरतपुरमा खुल्यो फ्रेस मिट सप्लायर्स

शुक्रबार, १४ बैशाख २०७५, १५ : ५१
युवाहरुको सकृयातामा भरतपुरमा खुल्यो फ्रेस मिट सप्लायर्स

चितवन । भरतपुरका युवाहरुले करिब २० लाखको लगानीमा युवा मैत्री फ्रेस मिट सप्लायर्स संचालनमा ल्याएका छन् । भरतपुर ११ कुमारी चोक नजिकै संचालनमा आएको सप्लायर्सको आज (शुक्रवार) जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेत नारायण खरेलले उद्घाटन गर्नुभयो ।

उद्घाटन पश्चात बोल्दै खरेलले पोल्ट्रि क्षेत्रको बिकाशका लागी मिट सप्लायर्सको महत्वपुर्ण भूमिका हुने भएकाले वडा–वडामा व्यवस्थित मिट सप्लायर्स खुल्नुपर्ने बताउनुभयो । उहाँले सामुहिक रुपमा युवाहरु उद्यमशिल बन्नु खुसीको कुरा भन्दै जिल्ला पशु सेवा कार्यालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।“व्यबस्थित मिट सप्लायर्स आजको आवश्यकता हो,खरेलले भन्नुभयो, यसलाई निरन्तरता दिँदै अझै वृहत बनाउदैं लैजान सक्नुपर्छ ।” पोल्ट्रीको राजधानी चितवनमा व्यवस्थित  पोल्ट्रिफर्मले मात्रै नपुग्ने भन्दै व्यवस्थित मिट सपको पनि आवश्यकता रहेको उहाँको भनाई छ । स्वच्छ,सफा र गुणस्तरमा ध्यान दिन मिट सप्लायर्स संचालकलाई खरेलले निर्देशन दिनुभयो ।

मिट सप्लायर्सलाई युवा परिषद चितवनले पाँच लाख क्रृण सहयोग गरेको छ भने अन्य १० जना युवाले १५ लाख लगानी गरेका छन् । राष्ट्रिय युवा परिषद नेपालको युवा लघु उद्यम कार्यक्रम अन्तर्गत प्रत्यक जिल्लाको प्रत्यक निर्वाचन क्षेत्र भित्र पर्ने गरी एक वडाका १० जना वेरोजगार युवाहरुलाई स्वदेशमै प्रत्यक्ष संलग्न हुनेगरी संचालन गरेको युवा स्वरोजगार कार्यक्रम चितवनमा पनि संचालन गरिएको युवा परिषद चितवनका अध्यक्ष अस्विन घिमिरेले जानकारी दिनुभयो । जिल्लामा साबिकका पाँचवटै निर्वाचन क्षेत्रमा यो कार्यक्रम संचालन गरिएको घिमिरेले वताउनुभयो ।

चितवनमा नमुना मासु पसलको रुपमा स्थापित गर्ने उदेश्यले फ्रेस मिट सप्लायर्स संचालन गरिएको संचालक प्रकाश आचार्यले जानकारी दिनुभयो । सप्लायर्समा ३ जनाले रोजगार पाएका छन्  । निकट भविष्यमा जिल्लाभरनै यसको शाखा विस्तार गर्दै लैजाने आचार्यले बताउनुभयो । समुहमा सहभागी १० जना युवा मध्य अधिकांस स्नाकोत्तर उत्तिर्ण रहेको आचार्यको भनाई छ ।

वोइलर कुखुराको मासुसंगै निकट भविष्यमा लोकल कुखुरा,हाँसको मासु पनि सप्लायर्स मार्फत उपलव्ध गराइने अर्का संचालक शिव ढकालले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका विषेशज्ञ डा. दयाराम चापागाई,एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का,स्थायिन समाजसेवी कमल मल्ल,राष्ट्रिय वाणिज्य बैंक भरतपुरका प्रमुख हेमराज मरहठ्ठा,नवजागृती सामुदायीक बनका अध्यक्ष पुस्तक गौतम,अनेरास्ववियूका पुर्व केन्द्रिय सदस्य क्रृषिकेश रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस