गुहेश्वरी फाइनान्सको दसौं शाखा नारायणगढमा

शुक्रबार, १४ बैशाख २०७५, १४ : १९
गुहेश्वरी फाइनान्सको दसौं शाखा नारायणगढमा

चितवन ।

हरिहर भवन ललितपुरमा मुख्य कार्यालय रहेको गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको दसौैं शाखा कार्यालय नारायणगढमा खोलिएको छ । फाइनान्सका अध्यक्ष श्रीमान श्रेष्ठले आज शुक्रबार नारायणगढ शाखाको उद्घाटन गर्नुभएको हो ।
गुहेश्वरी फाइनान्सले २०७४ साल चैत मसान्तसम्ममा दुई अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन, दुई अर्ब ३९ करोड रुपैयाँ ऋण प्रवाह र पाँच करोड ९५ लाख रुपैयाँ संचालन मुनाफा हासिल गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले जानकारी दिनुभयो । गुहेश्वरी फाइनान्सले निकट भविष्यमै चितवनमा थप शाखा संचालनमा ल्याउने नारायणगढ शाखा प्रमुख सुजन अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस