नेता कार्यकर्ता गुटबन्दीमा लाग्नु दुर्भाग्यपूर्णः नेता केसी

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १७ : ३०
नेता कार्यकर्ता गुटबन्दीमा लाग्नु दुर्भाग्यपूर्णः नेता केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले नेता कार्यकर्ताहरु गुटबन्दीमा लाग्नु निकै दुर्भाग्यपूर्ण हुने बताएका छन्। नेता तथा कार्यकर्ताले जनताको काम गर्नुपर्नेमा जोड दिँदै गुटबन्दीमा कुनै पनि हालतमा लाग्न नहुने उनको जोड छ । 

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ‘क’ को चियापन कार्यक्रममा नेता केसीले पार्टीको महाधिवेशन केवल आन्तरिक प्रतिस्पर्धा भएको भन्दै यसले कसैको मन विभाजन हुन नहुनेमा पनि जोड दिए । ‘नेता तथा कार्यकर्ताहरु घाम जस्तै हुनुपर्छ ।  गरीबको झुपडीदेखि धनीको महलसम्म सहयोगका निम्ति पुग्नुपर्छ तर अहिले नेता कार्यकर्ताहरु केवल गुटबन्दीमा लाग्नु निकै दुर्भाग्यपूर्ण हो’, नेता केसीले भने, ‘यसको विरुद्ध तपाईं हामी सबैले एकचोटि पुनःपुनर्विचार गर्नुपर्ने स्थिति आउनसक्छ । त्यसका निम्ति सबैलाई तयारी अवस्थामा रहन पनि म आग्रह गर्दछु।’

उनले सबै नेता कार्यकर्ताविधि विधानको परिधिभित्र बस्नुपर्ने धारणा राख्दै भने, ‘सबैले आफ्नो स्वविवेक प्रयोग गर्नुस् । कुनै दाईले भाईले यसो गर भन्यो भन्दैमा मान्नुपर्छ भन्ने छैन।महाधिवेशन केवल आन्तरिक प्रतिस्पर्धा हो यसले कसैको मन विभाजन नहोस् ।’

प्रतिक्रिया दिनुहोस