झलनाथको दस्तावेज- जबज होइन, मार्क्सवाद-लेलिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १७ : २५
झलनाथको दस्तावेज- जबज होइन, मार्क्सवाद-लेलिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) बदलिँदो परिस्थितिमा राजनीतिक मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा आफ्नो दस्तावेज पेश गर्दै नेता खनालले  मार्क्सवाद–लेलिनवाद नै मार्गदर्शक सिद्धान्त भएको बताएका हुन् ।

‘अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन,’ खनालले भने, ‘मार्क्सवाद–लेलिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त हो। त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नु पर्छ। त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्न सक्छौं ।’खनालले नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्ति एउटा नयाँ मोडबाट अघि  बढ्दै गरेको पनि जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस