काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताएकी छन् ।
मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धीत सरोकारवालहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै बैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् । उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् ।
छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव दिइन् । मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलीया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरुसँग यसअघि नै छलफल गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध दुर्व्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔं : मन्त्री श्रेष्ठ
सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ
रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार : मन्त्री श्रेष्ठ
अव्यवस्थित राजनीतिका कारण खेलाडीहरूको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ
खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न मन्त्री श्रेष्ठको निर्देशन
कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ