एमाले नेता माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १८ : ४२
एमाले नेता माओवादी केन्द्रमा प्रवेश

नुवाकोट । नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।

प्रतिक्रिया दिनुहोस