मैले राप्रपा वाहेक अर्को पार्टी देखेको छैन, एमाले प्रवेश हल्ला मात्रै हो : विक्रम पाण्डे

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, १४ : १५
मैले राप्रपा वाहेक अर्को पार्टी देखेको छैन, एमाले प्रवेश हल्ला मात्रै हो : विक्रम पाण्डे

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेले आफु एमालेमा प्रवेश गर्दै गरेको भन्ने समाचार निराधार भएको बताएका छन । केही दिन यता  सामाजिक संजालमा राप्रपाका नेता विक्रम पाण्डे एमालेमा प्रवेश गर्दै भनेर समाचारहरु आइरहेको र उक्त समाचार गलत भएको उनले बताए ।

चितवनको क्षेत्र नम्वर तीनबाट चुनाव लड्दै आएका नेता पाण्डेले भने,“एमाले प्रवेशबारे न मलाई कसैले प्रस्ताव ल्याएको छ न म आफै कोहीसँग यसवारे कुरा गरेको छु । म एमाले प्रवेश गर्ने भनेर जसले भन्यो त्यसैलाई एक पटक गएर तपाईले सोध्नुहोस पाण्डेले कहिले भने भनेर ”।

‘कसैले भाषणमा उहाँ हामीसँग आउँदै हुनुहुन्छ भनेका भरमा कसैले समाचार सम्प्रेषण गर्छ भने त्यो उसैको कुरा हो ।मैले राप्रपा वाहेक आफ्नो लागि अर्को कुनै पार्टी देखेको छैन,’ उनले थपे ।

प्रभावशाली नेताको रुपमा चिनिने पाण्डे पार्टीगत हिसावले मात्रै नभएर व्यक्तिगत कारणले पनि  क्षेत्रनम्वर तीनमा बलियो  देखिन्छन ।मन्त्री हुँदा या नहुँदा कुनैपनि समयमा उनले माडीमा गरेको विकासलाई जनताले राम्रो मानिरहन्छन् ।मन्त्री हुँदाकै पालमा उनले चितवनमा मालपोत कार्यालयलाई विकेन्द्रीकृत गरेका थिए । साथै यातायात व्यवस्था कार्यालय पनि चितवनमै राखीनुपर्छ भन्ने उनलै मन्त्रीपरिषदसम्म पुर्याएका हुन् ।

यस कारण अव नजिक आउँदै गरेको चुनावमा उनलाई आफूतिर ल्याउन मुख्य दलहरु लागिरहेका छन् । पछिल्लो समय नेकपा एमालेका नेता महेश वस्नेतले एउटा अन्तरवार्तामा नेता विक्रम पाण्डे एमालेमा आउन सक्नेतर्फ इकित गर्दै उक्त कुरा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस