बंगलादेशलाई पनि विद्युत् बिक्री गर्नेछौँ : उर्जामन्त्री भुसाल

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, १८ : ३०
बंगलादेशलाई पनि विद्युत् बिक्री गर्नेछौँ : उर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताएकी हुन् । उनले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘ऊर्जा व्यापार पहिलेदेखि नै सुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत् खरिद गर्ने सहमति गरेर सप्लाइ सुरु भइसकेको छ, त्यसैले विद्युत् व्यापारको सुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ,यस प्रकारको व्यापार दक्षिण एसियाको पहिलो हो, हामीकहाँ क्रमशः जलविद्युत उत्पादन हुँदै गइरहेको छ । भर्खर हामीले भारतमा विद्युत् व्यापार सुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षीय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस