प्रधानन्यायाधीशविरुद्ध आन्दोलनलाई निरन्तरता दिने बारको निर्णय

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, १६ : ३९
प्रधानन्यायाधीशविरुद्ध आन्दोलनलाई निरन्तरता दिने बारको निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको मागसहित आन्दोलनमा होमिएको नेपाल बार एशोसियसनले सोमबारदेखि विरोधका कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ ।

महासचिव लिलामणि पौडेलले एक अनुरोध पत्रमार्फत भोलि साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीलाई सहभागी हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस