सल्यान दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, १५ : २२
सल्यान दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत

सल्यान । सल्यानमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए। प्रहरीका अनुसार दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको छ। दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी छ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी र शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वलीको मृत्यु भएको छ।
यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।

त्यस्तै सल्यान शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ। सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको छ। 

प्रतिक्रिया दिनुहोस