काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका १८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद भएको छ ।
दशैंअघिमात्र जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए भने त्यसअघि मेलुङ गाउँपालिका अध्यक्ष उठेर एमालेका नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, १२ : १२
लेखकबाट थप